Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’

सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’

  • 421
    SHARES
  • सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’

    काठमाडौं । नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ ।

    एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो । एन्सन नेपालले २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धान गरेको थियो ।

    सो अनुसन्धामा १.९ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ । अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ ।

    २७.२ प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ । अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३.५ वर्ष रहेको छ ।

    एन्सन नेपालले एक सय तीन जना काठमाडौंमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो । अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२.७ प्रतिशत कृषि, २२.३ प्रतिशत व्यापार, ११.७ प्रतिशत दैनिक ज्यालादारी, ८.७ प्रतिशत सरकारी सेवा र ८.७  प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij