Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

उपराष्ट्रपतिमा अष्टलक्ष्मीले दिइन् उम्मेदवारी

उपराष्ट्रपतिमा अष्टलक्ष्मीले दिइन् उम्मेदवारी

  • 284
    SHARES
  • उपराष्ट्रपतिमा अष्टलक्ष्मीले दिइन्  उम्मेदवारी

    काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेकी हुन् ।

    उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । 

    एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रो पटक हो ।

    यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij