वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि भएकाे मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको हो ।
४ बजेदेखि मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग मतगणनाबारे छलफल गर्दा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको आयोगले जनाएको छ ।
उक्त बैठकले सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनुपर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएको पाइए उक्त मत बदर हुने निर्णय गरेको छ ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना प्रतिनिधि रहनेछन् । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । निर्वाचित उम्मेदवारलाई बिहीबार नै प्रमाणपत्र उपलब्ध गराइने आयोगले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij