वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बीचको प्रतिस्पर्धामा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका हुन् ।
यसरी मतदान गर्नेहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले रहेका छन् ।
अहिले पनि राजनीतिक दलका वरिष्ठ नेता तथा सांसदहरूले मतदान गरिरहेका छन् ।
संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । यतिखेर मतदान स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शीर्ष नेता, संघीय सांसद र प्रदेश सांसदहरूको उपस्थिति देखिन्छ ।
मत हाल्नका लागि सांसद आउने जाने क्रम जारी छ ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij