Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

  • 298
    SHARES
  • राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

    काठमाडौं । कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ ।

    मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो । 

    राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहनेछन् । उनीहरूलाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो ।

    गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनतम, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आवद्ध छन ।

    उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij