वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
उक्त बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय लिने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने उनको भनाइ छ ।
आगामी आफुग २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij