Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

संवैधानिक इलजासका दुई न्यायाधीशमा रिट निवेदकतर्फका वकिलको विरोध

संवैधानिक इलजासका दुई न्यायाधीशमा रिट निवेदकतर्फका वकिलको विरोध

  • 778
    SHARES
  • संवैधानिक इलजासका दुई न्यायाधीशमा रिट निवेदकतर्फका वकिलको विरोध

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दा आइतबार भएको सुनवाइमा कानुन व्यावसायीले न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र तेबजहादुर केसीलाई संवैधानिक इजलासमा राखेकोमा आपत्ति जनाएका छन् । 

    रिट निवेदकतर्फका कानुन व्यावासायीहरु शम्भु थापा, गोविन्द बन्दी, महादेव यादव, बद्रीबहादुर कार्की र हरिहर दाहालले दुई न्यायाधीशलाई संवैधानिक इजलासमा राखिएको विषयमा बिरोध जनाएका थिए । 

    न्यायाधीश बमकुमार श्रेष्ठले नेकपा खारेज गर्ने निर्णय गरेका थिए भने न्यायाधीश तेजबहादुर केसीले नेकपा खारेजविरुद्ध परेको पुनारवलोकन नहुने आदेश दिएका थिए ।

    यी विषयसँग हालको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सरोकार रहेको रिट निवेदकतर्फका कानुन व्यावसायीको जिकिर थियो । 

    प्रतिनिधिसभा विघटन र राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार प्रस्तुत भएका दाबीअनुसार सरकार गठन अस्वीकार गरेको विषयमा सर्वोच्चको संवैधानिक इजलासमा अहिले पनि बहस जारी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij