Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बालिका हत्यारालाई जन्मकैद सजाय

बालिका हत्यारालाई जन्मकैद सजाय

  • 378
    SHARES
  • बालिका हत्यारालाई जन्मकैद सजाय

    महोत्तरी  । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ ।

    महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१४ सुगमबस्तीमा २ वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।

    महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

    साथै पीडित परिवारलाई १ लाख क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको हो । विसं २०७७ मंसिर ७ गते आइतबारका दिन अरूणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाबसा खातुनलाई अपहरण गरि बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरि घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरि बोरामा राखेर फालिदिएको अवस्थामा उनको शव मंसिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो ।

    पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरूद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास-१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

    सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइ (पेसी) मा दोषी साहलाई अदालतले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij