वेबटिभी खबर
काठमाडौं । पशुपतिमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
तारकेश्वर नगरपालिका-३ चिसापानीमा पानीमा डुबेर मरेको भनिएको बच्चाको शव अन्त्येष्टिका लागि पशुपति क्षेत्रको आर्यघाटमा लगिएकाे थियो ।
शरीरमा निलडाम भएको खबर प्रहरीले पाएपछि बच्चाकाे शव नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij