Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बाग्मती प्रदेश सभाको बैठक आज बस्दै

बाग्मती प्रदेश सभाको बैठक आज बस्दै

  • 263
    SHARES
  • बाग्मती प्रदेश सभाको बैठक आज बस्दै

    हेटाैंडा । बाग्मती प्रदेश सभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ ।

    बाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।

    प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij