Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विप्लव नेतृत्वकाे माओवादीले भन्याे- नागरिकता अध्यादेश तुरून्त खारेज गर

विप्लव नेतृत्वकाे माओवादीले भन्याे- नागरिकता अध्यादेश तुरून्त खारेज गर

  • 2.5K
    SHARES
  • विप्लव नेतृत्वकाे माओवादीले भन्याे- नागरिकता अध्यादेश तुरून्त खारेज गर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, माओवादी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकता अध्यादेश खारेजीको माग गरेका छन् ।

    सरकारले आफ्नो कुर्सी जोगाउन र सत्तासंकट टार्न नाागरिकताजस्तो राष्ट्रिय महत्व र जनसरोकारको विषयमा जनमत र विज्ञहरूको परामर्शबिनै गरेको निर्णयले सिंगो देशले मूल्य चुकाउनुपर्ने भन्दै महासचिव विप्लवले आपत्ति जनाएका छन् । 

    ‘०७८ जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेको प्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ,’ सोमबार पार्टीका तर्फबाट वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोउन्, त्यस्ता निर्णय खारेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन्छ ।’ 

    188809647_215361436842069_8850097551497700046_n (1).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij