Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पोलियो विरूद्धको खोप लगाउने समय परिवर्तन

पोलियो विरूद्धको खोप लगाउने समय परिवर्तन

  • 310
    SHARES
  • पोलियो विरूद्धको खोप लगाउने समय परिवर्तन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरूद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए ।

    उनका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा दुई मात्रा दिने गरेकोमा अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ ।

    यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताए । उनका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij