Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सांसद्हरूले पुस ७ गते १ बजे शपथ लिने

सांसद्हरूले पुस ७ गते १ बजे शपथ लिने

  • 432
    SHARES
  • सांसद्हरूले पुस ७ गते १ बजे शपथ लिने

    काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ यही पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ ।

    गत मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो । 

    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

    ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij