Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सन् २०४१ सम्ममा कस्तो होला बंगलादेश ? यस्तो छ योजना

सन् २०४१ सम्ममा कस्तो होला बंगलादेश ? यस्तो छ योजना

  • 336
    SHARES
  • सन् २०४१ सम्ममा कस्तो होला बंगलादेश ? यस्तो छ योजना

    ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छिन् । प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित बंगलादेश बनाउने बताइन् ।

    सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ ।’

    बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन् ।

    त्यस अवसरमा उनले स्मार्ट बंगलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिँदै यी कार्यहरू सुरु गर्ने बताइन् ।

    उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन् । 

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij