Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

  • 293
    SHARES
  • ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रूटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ ।

    हालै सम्पन्न ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लाब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रूटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    ‘सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तिर्ण भइ थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिँदासमेत उक्त त्रूटिका कारण विद्यार्थीहरूले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरूमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र निःशुल्क रूपमा उक्त त्रूटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ ।’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    nebi.png

  • सम्बन्धित विषय:

  • # त्रिवि

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij