Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पीसीआर परीक्षणको लागि अस्पताल धाउन नपर्ने 

पीसीआर परीक्षणको लागि अस्पताल धाउन नपर्ने 

  • 823
    SHARES
  • पीसीआर परीक्षणको लागि अस्पताल धाउन नपर्ने 

    काठमाडौं । कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब संकलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । 

    प्रयोगशालाले घरमै पीसिआर गर्न ‘घरमै पीसिआर परीक्षणका लागि नमूना संकलन गर्नेसम्बन्धी मापदण्ड (२०७८) ल्याएको छ ।

    कुनै व्यक्तिलाई कोरोनाको शंका लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको छ ।  

    प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए ।

    उनले कोभिड संक्रमणका लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खटिने स्वास्थ्यकर्मीले घरमै आएर पिसिआरका लागि नमूना संकलन गर्ने जनाए ।

    यससँगै यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने अधिकारी गुप्ताले बताए ।

    हाल सरकारी प्रयोगशालामा कन्ट्याक्ट ट्रेसिङमा परेकालाई निःशुल्क र आफूखुसी पिसिआर गराउनेलाई रु १ हजार तथा निजी प्रयोगशालाले रु २ हजार लिने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij