वेबटिभी खबर
चितवन । चितवन निर्वाचन क्षेत्रनम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।
मंगलबार दिउँसोसम्म तेस्रो स्थानमा रहेका लामिछाने पछिल्लो मतपरिणाम अनुसार अहिले करिब १ हजार मतान्तरले प्रतिस्पर्धीभन्दा अघि छन् ।
पछिल्लो मत परिणामअनुसार लामिछानेले ५ हजार १२८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij