Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पहिलो पटक मतदान गर्ने मतदातामा उत्साह

पहिलो पटक मतदान गर्ने मतदातामा उत्साह

  • 310
    SHARES
  • पहिलो पटक मतदान गर्ने मतदातामा उत्साह

    धनगढी । कैलाली बर्दगोरिया गाउँपालिका-१ की सोनी मगर पहिलो पटक मतदानमा सहभागी हुँदैछिन् । नागरिकता बनाएसँगै मतदाता परिचयपत्र पनि पाएकी उनलाई ४ मंसिर कहिले आउला र नागरिक मताधिकार सदुपयोग गरौला जस्तो भइरहेको छ ।

    उनले भनिन्, ‘म मतदान गर्न आतुर छ । ४ मंसिर आउने दिन गन्दैछु । पहिलोपटक मतदान गर्न पाउँदा खुशी लागेको छ ।’ उनी निर्वाचनलाई मतदाताले पाँच वर्षमा एक पटक पाउने अवसरको रूपमा लिन्छिन् ।

    ‘देशका लागि कस्तो नेता छान्ने भन्ने अधिकार मतदातामा हुने रहेछ । त्यसैले म मेरो मत योग्य उम्मेदवारलाई दिने छु ।अब आफ्नो देश बनाउने मानिस छान्न मेरो पनि भूमिका हुने छ ।’

    पछि सांसदले काम गरेनन् भनेर गाली गर्नुभन्दा अहिले नै बुद्धि पुर्‍याएर योग्य र सक्षम व्यक्ति छान्नु उपयुक्त हुने उनको भनाइ छ । गोदावरी नगरपालिका-७ खानेपानी टोलका नवीन बोहरा पनि पहिलो पटक मतदान गर्दैछन् ।

    उनले भने, ‘यो अवसरलाई सदुपयोग गर्नेछु । मतदानका लागि उत्साही छु । यसअघि बाहिरबाट निर्वाचनको दृश्य हेरेको थिए । अब आफै भोट हालेर चाहेको उम्मेदवारलाई विजयी गराउन भुमिका खेल्ने छु ।’

    उनी अहिलेसम्म राजनीतिक दलहरूले जनताको पक्षमा निश्वार्थ भावनाले काम नगरेको बताए । उनले भने, ‘दलहरू देश र जनताको हितमा काम गरिरहेका छैन्न, त्यसैले उनीहरूबाट धेरै अपेक्षा गरेको छैन, तर पनि एउटा योग्य उम्मेदवारलाई जिताउने गरी मतदान गर्ने छु ।’

    गोदावरी-७ कै भागरथी विष्ट पनि पहिलो पटक मतदान गर्दैछिन् । ३६ वर्षका भए पनि नागरिकता बनाउन ढिलाई भएका कारण यसअघिका निर्वाचनमा मतदान गर्न नपाएको उनले बताइन् ।

    उनले भनिन्, ‘४-५ पटकको चुनाव देखे मात्रै सबै भोट हाल्न जाँदा आफुलाई अफ्ठयारो लाग्थ्यो, यस आफै मत हाल्न जान्छु । ४ मंसिर कहिले आउला जस्तो लागेको छ ।’ विष्ट, बोहरा र मगर जस्तै थप दुई लाख नयाँ मतदाताले यस पटक मतदान गर्ने निर्वाचन आयोगकको भनाइ छ ।

    तर धेरै जसोले मतदान प्रक्रिया बारे जानकारी नभएको बताएका छन् । विष्टले भनिन्, ‘कहिल्यै मतदान नगरेका कारण कसरी गर्ने भन्ने जानकारी छैन । गाउँघरमा आउने दलहरूले आ(आफ्नै मतपत्रमा मतदान गर्नुहोला भनेर गएका छन् । तर कसरी गर्ने हो कसैले सिकाएका छैनन्, त्यसैले अन्यौलमा छु ।’

    मतदाता शिक्षा नपाउँदा आफूमात्र अन्यौलमा नभई यसअघि मतदान गरेका समेत अन्यौलमा रहेका उनले बताइन् । ‘हरेक पटकको चुनावमा मतदान गर्ने सैली फरक फरक हुने भएका कारण अन्यौलमा परेका छन्,’ उनले भनिन्, ‘अहिलेसम्म कसैले मतदान प्रक्रिया बारे सिकाएका छैनन्, अब मतदान स्थलमै सिकेर मत हाल्ने योजना छ ।’

    धनगढी-३ का अरुण महराले आफूले चाहेको मान्छेलाई पहिलोपटक मत हाल्न पाउने भएपछि खुशी लागेको बताए ।

    ‘०७४ साल र यही ३० वैशाखमा सम्पन्न निर्वाचनमा आफूले मन परेको उम्मेदवारको प्रचार मात्रै गरेको थिए,’ उनले भने, ‘तर मत हाल्न पाएको थिएन, अहिले मतदाता परिचयपत्र प्राप्त गरेपछि चाहेको उम्मेदवारलाई जिताउन मत दिन पाउने भएको छु ।’

    ४ मंसिरमा हुने प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि कैलालीमा ३० वैशाखयता साढे ११ हजार मतदाता थपिएका छन् । गत स्थानीय तह निर्वाचनमा कैलालीमा मतदाताको संख्या पाँच लाख २५ हजार एक सय २५ रहेको थियो ।

    ११ हजार ४३० नयाँ मतदाता थपिएसँगै पाँच लाख ३६ हजार ५ सय ५५ मतदाता पुगेका छन् । ४ मंसिरमा हुने निर्वाचनका लागि कैलालीमा एक मतदान केन्द्र थपिएको छ । एक मतदान केन्द्र थपिएपछि कैलालीमा २ सय ३७ मतदान केन्द्र रहने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij