वेबटिभी खबर
कास्की । तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्रनम्बर-१ मा ५२ हजार ६५० पुरूष मतदाता छन् भने ५८ हजार ६४ महिला मतदाता रहेको तथ्यांक छ ।
यस क्षेत्रमा कूल मतदाताकाे संख्या १ लाख १० हजार ७१५ मतदाता रहेकाे छ ।
त्यस्तै कास्की-२ को कूल मतदाता ७९ हजार १३८ मध्ये ३७ हजार ९७ पुरूष मतदाता र ४२ हजार ४० महिला मतदाता रहेको तथ्यांक छ ।
कास्की-३ पनि पुरूषको तुलनामा ३ हजारभन्दा बढी मतदाता रहेको तथ्यांक छ । यहाँ कूल १ लाख १ हजार १७५ मतदातामध्ये ४९ हजार २९५ पुरूष र ५२ हजार ४५२ महिला मतदाता रहेको आयोगको तथ्यांक छ ।


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij