Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डायलासिस उपचार केन्द्रबाट चार जिल्लाका बिरामीलाई सेवा

डायलासिस उपचार केन्द्रबाट चार जिल्लाका बिरामीलाई सेवा

  • 432
    SHARES
  • डायलासिस उपचार केन्द्रबाट चार जिल्लाका बिरामीलाई सेवा

    तनहुँ । दमौली अस्पतालमा सञ्चालित डायलासिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन् । तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्कीका मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको हो ।

    २०७२ मंसिर २ गतेदेखि एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए ।

    डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन् ।

    गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ । केन्द्रमा रहेका नौ वटा मेसिन र थप दुई मेसिनले दैनिक तीस जना बिरामीलाई सेवा दिन सकिनेछ ।

    हाल दैनिक २० जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशभरिका डायलासिस सेवा प्रदान गर्नेहरूका लागि तालिम दिने केन्द्रकारूपमा विकास गर्न लागेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले बताए ।

    प्रदेश सरकारले अरु चार वटा नयाँ मेसिन थप्नेगरी प्रक्रिया अघि बढाएको छ । अध्यक्ष थापाले भने, ‘मंसिर महिनाभित्रमा दमौली अस्पताललाई ५० शय्याको अस्पताल बनाउने योजना रहेको छ ।’

    हाल पन्ध्र शय्याको अस्पताल सञ्चालन गर्दै आए पनि प्रदेश सरकारले ५० शय्याको स्वीकृति दिइसकेको उनले बताए । अस्पतालसंगै रहेको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालको गरी साढे तीन रोपनी जग्गा संघीय सरकारले उपलब्धका लागि स्वीकृति प्रदान गरिसकेको समितिले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij