Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण

भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण

  • 318
    SHARES
  • भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण

    भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन ।

    गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताए । दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।

    सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्रनम्बर-३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij