वेबटिभी खबर
काठमाडाैं । कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंह कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताए । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ ।
कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजाआराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ ।
टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ ।
मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ । कमलपोखरीमा यस वर्ष छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत आउने कार्यक्रम रहेको छ ।
कात्तिक १३ गते बेलुकी आइतबार अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दान गरी छठ पर्व मनाइन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij