Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मतदाताको घरघरमा पुगेर भोट माग्दै गृहमन्त्री खाण

मतदाताको घरघरमा पुगेर भोट माग्दै गृहमन्त्री खाण

  • 608
    SHARES
  • मतदाताको घरघरमा पुगेर भोट माग्दै गृहमन्त्री खाण

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रूपन्देही-३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।

    उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाणलाई लोसपाका प्रदेशसभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना-साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।

    स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । उनले भने, ‘उहाँ धेरैपटक ठूल्ठूला ओहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर अहिले भने आउनु भएको छ ।’

    गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् । यसअघि गृहमन्त्री खाणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशै तिहारको शुभकामना कार्ड पठाएका थिए ।

    balkrishna khand (2).jpg

    balkrishna khand (4).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij