वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल निकट विद्यार्थी संगठनहरूले शुक्रबार हरेक हरेक वुथमा २०० युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ,अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष सलग्न बैठकले केन्द्रीय परिचालन समिति बनाउने निर्णयसमेत गरेको छ ।
बैठकले देशभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेशस्तरिय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले जानकारी दिए ।
चुनावी प्रतिस्पर्धामा रहेका संयुक्त विद्यार्थी संगठनका पूर्वविद्यार्थी अध्यक्ष र दलका प्रत्येक शीर्ष नेतृत्वको चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरू उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त संवोधन अपिल गर्नेसमेत पाँच विद्यार्थी संगठनले निर्णय गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij