वेबटिभी खबर
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा ५ हजार २२९ मतदाता थपिएका छन् । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार २ हजार ५३९ महिला र तीन हजार ३९० मतदाता थपिएका हुन् ।
अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका ४ लाख १८ हजार ३७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा ४ लाख १२ हजार ४४५ मतदाता थिए । जसमा महिला १ लाख ९८ हजार ५३२, पुरुष २ लाख १३ हजार ८९२ र २१ अन्य थिए ।
निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।
त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर १ मा ५८ हजार २२९ पुरुष, ५४ हजार ९५८ महिला र ८ अन्य गरि १ लाख १३ हजार १९५ मतदाता छन् ।
प्रदेशसभा १ (क) मा ३० हजार २८४ पुरूष, ३० हजार ४८५ महिला र ८ अन्य गरि ६० हजार ७७७ मतादाता छन् । प्रदेश १ (ख) मा २७ हजार ९४५ पुरुष र २४ हजार ४७३ महिला गरि ५२ हजार ४१८ मतदाता छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा ५१ हजार ३७ पुरुष, ४४ हजार ३५५ महिला र २ अन्य गरि ९५ हजार ३९४ मतदाता रहेका छन् ।
प्रदेश २ (क) मा २६ हजार ८२२ पुरुष, २३ हजार ९६ महिला गरि ४९ हजार ९१८ मतदाता छन् । प्रदेश सभा २ (ख) २४ हजार २१५ पुरुष, २१ हजार ९५९ महिला र २ अन्य गरि ४५ हजार ४७६ मतदाता छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा ५४ हजार ८३६ पुरुष, ५० हजार ५० महिला र ६ अन्य गरि १ लाख ४ हजार ८९२ मतदाता छन् । प्रदेश ३ (क) मा २८ हजार ४४ पुरुष, २६ हजार २०३ महिला र ३ अन्य गरि ५४ हजार २५० मतदाता छन् ।
प्रदेशसभा ३ (ख) २६ हजार ७९२ पुरुष, २३ हजार ८४७ महिला र ३ अन्य गरि ५० हजार ६४२ मतदाता छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर-४ मा ५३ हजार १८० पुरुष, ५१ हजार ७०८ महिला र ५ अन्य गरि १ लाख ४ हजार ८९३ मतदाता छन् ।
प्रदेश ४ (क) मा २७ हजार ३२९ पुरुष, २८ हजार ४७ महिला र ५ अन्य गरि ५५ हजार ३८१ मतदाता छन् । प्रदेशसभा ४ (ख) २५ हजार ८५१ पुरुष, २३ हजार ६६१ महिला गरि ४९ हजार ५१२ मतदाता छन् ।
स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो । सरकारले गत साउन १९ गते आगामी मंसिर ४ गतेका लागि देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो ।
निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगन गरेको थियो । सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित चारवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को राजविराज-७ स्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नवनिर्मित भवनमा राखिएको छ ।
यसैगरी निवार्चन क्षेत्र नम्बर १ को सर्वोदय मावि कञ्चनरूपमा, क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका-७ को कार्यालय कठौना र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij