Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

  • 366
    SHARES
  • लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

    काठमाडौं । लोकसेवा आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेश गर्दै आएको छ ।

    आयोगबाट प्रस्तुत भएको यो ६३औं वार्षिक प्रतिवेदन हो । आयोगका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवप्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका बारेमा विवरण प्रस्तुत गरेका थिए ।

    प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी वनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् ।

    पेश भएको प्रतिवेदनमा दिइएका सुझावलाई समयमा नै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij