Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ : राजेन्द्र लिङ्देन

राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ : राजेन्द्र लिङ्देन

  • 324
    SHARES
  • राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ :  राजेन्द्र लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् ।

    बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए ।

    रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठूलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए ।

    ‘राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ’, लिङ्देनले भने, ‘नयाँ शिलशिलाको प्रारम्भ भएको छ । राप्रपा नविन राप्रपाका रूपमा जनतामा लैजाने अठोटमा थप गति प्राप्त गर्नेछ । राप्रपा अघि बढ्यो, यसको गति कसैले रोक्न सक्दैन ।’

    उनले आफूहरूले पदको राजनीति नगरेको भन्दै गणतन्त्रका नाममा लुटतन्त्र चलेकाले त्यसको विकल्प खोज्ने मतदाताका लागि राप्रपा आशाको केन्द्र बनेको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij