Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

  • 402
    SHARES
  • उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

    काठमाडौं । भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबैभन्दा राम्रो नतिजा ल्याएर प्रथम भएका छन् । केही समयअघि सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जीपीए ल्याएको एकेडेमीको दाबी छ ।

    सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा १५ सयभन्दा बढी विद्यार्थी सहभागी भएकाेमा छात्र शिवमकुमार मिश्रले ३.६५ जीपीए र छात्रातर्फ कुसुम शर्मा र सिया लिम्बुद्वयले समान ३.६४ जीपीए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रूपमा सम्मानित भएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरेले जानकारी दिए ।

    विद्यालयले छात्र/छात्रालाई नगद ५ हजार ५०० का दरले सम्मान गरेको छ ।

    ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्दै आएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij