वेबटिभी खबर
भक्तपुर । नेकपा माओवादी केन्द्र मण्डनदेउपुर नगरपालिका उपत्यका समन्वय समितिको तेस्रो भेला सम्पन्न भएको छ । हिजाे शनिबार (२५ भदाै) सम्पर्क समन्वय समितिको कार्यालय भक्तपुरमा सम्पन्न भेलाबाट समन्वय समितिको पुनर्गठनसहित पदाधिकारी र सदस्य चयन गरिएको छ ।
समिति अध्यक्ष रमेश नेपालको सभापतित्वमा सम्पन्न भेलाले २९ सदस्यीय कमिटीसमेत गठन गरेको छ । केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं २ का सर्वसम्मत उम्मेदवार डा.भरत लामिछाने प्रमुख अतिथि र वाइसिएल नेपाल केन्द्रीय सचिव दिपक डोटेल विषेश अतिथि रहेको भेलाले २९ सदस्यीय समिति गठन गरेको हो ।
समिति अध्यक्षमा रमेश नेपाल, उपाध्यक्षमा सरन पोखरेल तथा गोमा कुमारी लामा, सचिवमा निश्चल नेपाल, कोषाध्यक्षमा अर्जुन पराजुली, सहसचिवमा जयराम ढकाललगायत पदाधिकारीसहित २९ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कमिटीले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटालाई पराजित गरेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्ध गरी संगठनलाई निर्वाचन केन्द्रित गराउन संगठन प्रतिबद्ध रहेको संगठनका सचिव निश्चल नेपालले जानकारी दिए ।
अराजक, स्वेच्छाचारी, प्रतिगामी र जनतामारा प्रवृत्तिलाई पराजित गर्दै देश र जनताप्रति उत्तरदायी व्यक्तिलाई निर्वाचित गराउन आफूहरू लागि पर्ने भन्दै सचिव नेपालले पार्टीको लाइन बेगर कुनै पनि प्रक्रियामा पार्टीका कुनै सदस्य नलाग्ने भन्दै काभ्रेबाट बास्कोटा र एमालेको राजनीतिक अस्थित्व मेटिनेगरी संगठन अघि बढ्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij