Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बैतडीमा भाइरल ज्वरोको प्रकोप

बैतडीमा भाइरल ज्वरोको प्रकोप

  • 566
    SHARES
  • बैतडीमा भाइरल ज्वरोको प्रकोप

    बैतडी । बैतडीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । यहाँका अधिकांश गाउँमा भाइरल ज्वरो बिरामी रहेका छन् ।

    यहाँको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका हुन् ।

    जिल्ला अस्पतालमा हाल १ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेकोमा आधाभन्दा बढीमा भाइरल ज्वरो देखा परेको छ । पहिलेको तुलनामा  केही दिनयता स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको छ ।

    उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । केही दिनयता भाइरल ज्वरो निकै बढी देखिन थालेको छ । भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएका छन् ।

    अहिले प्रत्येक गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेको पाटन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

    मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको संक्रमण बढेको जिल्ला अस्पतालका प्रमुख डा.दीपेश श्रेष्ठले जानकारी दिए ।

    ज्वरोका बिरामीहरूमा अन्य संक्रमण पनि हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिँदै उनले ज्वरोका बिरामीहरुले मेडिकलहरूबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले समस्या बल्झिन सक्ने हुँदा स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्नुपर्ने सुझाव दिए ।

    वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा.श्रेष्ठले आग्रह गरेका छन् ।

    पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरूसमेत फेला पर्न थालेका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij