Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

  • 437
    SHARES
  • बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

    चितवन । ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छिन् । आज पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् ।

    हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।’

    ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क जस्तै रहेको जानकारी दिँदै उनले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij