Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

दक्षिण कोरियामा 'हिनामनोर' आँधी, सात जनाको मृत्यु

दक्षिण कोरियामा 'हिनामनोर' आँधी, सात जनाको मृत्यु

  • 438
    SHARES
  • दक्षिण कोरियामा 'हिनामनोर' आँधी, सात जनाको मृत्यु

    एजेन्सी, सीउल । दक्षिण कोरियामा 'हिनामनोर' आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए ।

    उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।

    यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो । बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो ।

    राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राति यो दुःखद् घटनाका कारण म निदाउन सकिनँ ।’ 

  • सम्बन्धित विषय:

  • # आँधी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij