वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि शुक्रबार बोर्ड बैठक बोलाइएको बोर्डका एक सदस्यले बताए ।
उनका अनुसार साढे ४ बजेका लागि बोर्ड बैठक बोलाईएको छ । नतिजा प्रकाशनका लागि आवश्यक सबै तयारी पूरा भएकाले आज नतिजा प्रकाशन हुनसक्ने उनको भनाइ छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बोर्ड बैठक बोलाइए पनि नतिजाको विषयमा निर्णय नहुँदासम्म केही भन्न नसकिने बताए ।
उनका अनुसार बोर्ड नतिजा प्रकाशनको अन्तिम चरणमा छ । उनले भने, ‘आज बोर्ड बैठक बोलाइएको छ तर बोर्डले निर्णय नगर्दासम्म अहिले नै केही भन्न सकिँदैन ।’
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा देशभरबाट करिब ४ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij