वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिभुवन विश्वविद्यालय बचाउ’ संघर्ष सुरु गरेको छ ।
विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको र विश्वविद्यालय रूपान्तरणका लागि आन्दोलनको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीले बताएको छ ।
क्रान्तिकारीले विज्ञप्तिमार्फत संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत २२ गते सम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको छ ।
उसले बिम्बात्मक रूपमा विश्वविद्यालय २४ घण्टा खुल्ला राख्ने जनाएको छ । त्यस्तै कक्षाकोठाहरू खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरू खुल्ला राख्ने क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।
बिम्बात्मक रूपमा बत्ती, पानीका धाराहरू र गेट खुल्ला राख्ने अखिल क्रान्तिकारीले स्पष्ट पारेको छ ।
क्रान्तिकारीले मागहरू पूरा नगरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य चेतावनी समेत दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij