वेबटिभी खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुख अग्नि सापकोटाले रूलिङ गरेका छन् ।
आज साेमबार बसेको संसद् बैठकको सुरूमै नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
सभामुख सापकोटाले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरूले विश्वविद्यायका शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनु भएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु ।’
यसअघि ज्ञवालीले विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै आपत्ति जनाएका थिए ।
यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उनले रूलिङ गर्न माग गरे ।
गुन्डागर्दीबाट त्रिभुवन विश्वविद्यालय कहाँ पुग्छ ? : सांसद ज्ञवाली
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij