Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एस खोटाङबाट राजन राई सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एस खोटाङबाट राजन राई सिफारिस

  • 472
    SHARES
  • प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एस खोटाङबाट राजन राई सिफारिस

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।

    जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एवं पोलिटब्यूरो सदस्य राईको मात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।

    यस्तै प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

    प्रदेशसभा (खं) मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij