वेबटिभी खबर
काठमाडौं । पार्टी एकता गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ ।
सोमबार भएको उक्त छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए ।
उक्त भेटतार्वामा चुनावी घोषणापत्रका विषयमासमेत छलफल भएको एक नेताले बताए । छलफलमा बाबुराम भट्टराई र वामदेव गौतमको विषयमासमेत कुराकानी भएको थियो ।
गौतम र भट्टराई आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्दै छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij