Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • 395
    SHARES
  • पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

    रसुवा । मंगलबार राति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ ।

    उत्तरगया गाउँपालिक-५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ । प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ। पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्णरूपमा बन्द भएको बताइएको छ ।

    जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्‍याउन स्थानीय स्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुने बताइएको छ ।

    बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर भएको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवा निवासी डा.सरोज श्रेष्ठले जानकारी दिए ।

    पहिरोका कारण नौबिसे क्षेत्रमा भूकम्पपछि बनाइएका निजी आवाससमेत प्रभावित भएको डा.श्रेष्ठले बताए । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिरोको समस्या उत्पन्न भएको बुझिएको र क्षतिको यथार्थ विवरण आउन बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij