Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

काठमाडौंमा भेटियो एकै घरका चार जनाको शव

काठमाडौंमा भेटियो एकै घरका चार जनाको शव

  • 415
    SHARES
  • काठमाडौंमा भेटियो एकै घरका चार जनाको शव

    काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ ।

    तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए । कार्यालयका अनुसार उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिसकेको छैन ।

    प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएको कार्यालयले जनाएको छ । सांकेतिक तस्बिर 

  • सम्बन्धित विषय:

  • # शव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij