Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टहरा भत्काएपछि सुकुम्बासीले महानगर घेरे

टहरा भत्काएपछि सुकुम्बासीले महानगर घेरे

  • 444
    SHARES
  • टहरा भत्काएपछि सुकुम्बासीले महानगर घेरे

    काठमाडौं । पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् ।

    केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ती छाप्राहरू अवैध रूपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

    अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए ।

    उनले भने, ‘सुकुम्बासीको बस्तीमा दानवीय काम भयो । छाप्रा भत्काउनु अन्याय हो,’ उनले भने, ‘हामीलाई गरिखान दिएन । जग्गा जमिन महानगरले खोस्यो ।’

    उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो ।

    अहिले कास्कीमा पनि बास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij