Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पुष्पलालबाट दीक्षित भएर नेकपा एस निमार्ण गरेका हौँ : माधव नेपाल

पुष्पलालबाट दीक्षित भएर नेकपा एस निमार्ण गरेका हौँ : माधव नेपाल

  • 438
    SHARES
  • पुष्पलालबाट दीक्षित भएर नेकपा एस निमार्ण गरेका हौँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट दीक्षित भएर नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेको पनि बताएका छन् ।

    नेकपा एमालेवाट बिद्रोह गरि नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाइ छ।

    उनले भने, ‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेबाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । नयाँ निमार्ण भएको पार्टीको नेपाल कम्युनिस्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’

    नयाँ पार्टी निमार्णपछि नेतृत्वको काँधमा अनेक चुनौतिहरू भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै संगठन निमार्णलाई बलियो बनाउनु पर्ने नेपालले जनाएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij