Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बेलायतको तापक्रम अहिलेसम्मकै उच्च

बेलायतको तापक्रम अहिलेसम्मकै उच्च

  • 469
    SHARES
  • बेलायतको तापक्रम अहिलेसम्मकै उच्च

    एजेन्सी, लन्डन । बेलायतमा पहिलो पटक ४० डिग्री सेल्सियस (१०४ एफ) भन्दा बढी तापक्रम रेकर्ड गरिएको छ ।

    लिंकनशायरको कोनिङ्स्बीमा ४० दशमलब ३ डिग्री सेल्सियस पुगेको छ भने ३३ अन्य स्थानमा बेलायतको यसअघिको उच्चतम तापक्रम ३८ दशमलब ७ डिग्री सेल्सियसलाई पार गरेको छ ।

    गर्मी बढेसँगै आगलागीका घटना बढेका छन् । पूर्वी लन्डनको वेनिङटनमा ठूलो आगलागी हुँदा घरहरू जलेर नष्ट भएका छन् ।

    अत्यधिक तातोका कारण केही रेलवेले आफ्नो सेवा स्थगित गरेका छन् । सयौँ अग्निनियन्त्रकहरुले लन्डन र वेनिंगटनमा घाँसमा लागेको आगो निभाएका छन् ।

    यसअघि अत्यधिक तापपछि विभिन्न हवाइसेवाले आफ्ना उडान स्थगित भएका थिए । अधिक तापले धावनमार्गको अलकत्र पग्लिएपछि उडान स्थगित भएका थिए । तापक्रम बढेपछि अधिकांश विद्यालय बन्द भएका छन् । 

  • सम्बन्धित विषय:

  • # तापक्रम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij