Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

'ब्रा' खोल्न लगाइएकी छात्राको बयान, 'कपालले ढाकिने कोशिस गर्‍यौँ'

'ब्रा' खोल्न लगाइएकी छात्राको बयान, 'कपालले ढाकिने कोशिस गर्‍यौँ'

  • 1.3K
    SHARES
  • 'ब्रा' खोल्न लगाइएकी छात्राको बयान, 'कपालले ढाकिने कोशिस गर्‍यौँ'

    नयाँ दिल्ली । भारतको केरल राज्यमा पर्ने कोल्लम जिल्लाको एउटा कलेजले मेडिकल विषयको प्रवेश परीक्षा दिन गएका छात्राहरूको भित्रिवस्त्र खोल्न लगाएको घटना अहिले सर्वत्र चर्चामा रहेको छ । 

    यसैबीच उक्त घटनाबाट पीडित एक छात्राले दर्दनाक बयान दिएकी छिन् । न्युज एजेन्सीले एक छात्रालाई उद्धृत गर्दै लेखेको छ, ‘तीन घण्टासम्म परीक्षा दिँदा हामी निकै डराएका थियौँ । हाम्रो मानसिक स्थिती नै स्थिर थिएन । हामीसँग सल पनि थिएन र हामीलाई छात्रसँग परीक्षामा राखिएको थियो । यतिसम्म कि हामीले कपालको सहायताले छाति छोप्ने कोशिस गरेका थियौँ ।’

    परीक्षा दिन गएका विद्यार्थीलाई मेटल डिटेक्टरले जाँच गर्दा ब्राको हुक बजेको भन्दै खोल्न लगाइएको हो । कुनै पनि धातु परीक्षा हलमा लैजान नपाउने भन्दै सुरक्षा जाँचमा खटिएका महिलाले नै ब्रा खोल्न लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    परीक्षा दिन गएका ९० प्रतिशत छात्रालाई ब्रा खोल्न लगाएको थियो। जिन्स पाइन्टमा पनि धातुको टाँक भएको भन्दै खोल्न लगाइएको थियो। आइतबार भएको परीक्षामा विद्यार्थीमाथि ज्यादती भएपछि एक जना छात्राका पिताले त्यसविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । उजुरी पछि घटना बाहिरिएको हो।

    सो घटनाविरुद्ध अहिले केरलको राजधानी तिरुवंतपुरमा विद्यार्थीहरु आन्दोलित भएका छन् । 

    परीक्षामा सामेल हुन छात्राहरूलाई 'ब्रा' खोल्न लगाएपछि... परीक्षामा सामेल हुन छात्राहरूलाई 'ब्रा' खोल्न लगाएपछि...

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij