Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीहरूको दौडधुप

प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीहरूको दौडधुप

  • 399
    SHARES
  • प्रहरी समायोजनमा दबाब दिन प्रदेश गृहमन्त्रीहरूको दौडधुप

    काठमाडौं । प्रहरी समायोजनमा दबाव दिन प्रदेशका गृहमन्त्रीहरू काठमाडौं आएका छन् । साउन महिनाभित्र प्रहरी समायोजन गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरू यतिबेला विभिन्न पार्टीका शीर्षहरूकाेमा धाउन थालेका छन् ।

    गत २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरूको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने लगायत ७ बुँदे घोषणापत्र जारी गरेको थियो । सोही विषयलाई कार्यन्वयन गराउ प्रदेश गृहमन्त्रीहरूले दौडधुप सुरु गरेका हुन् ।

    सोमबार बिहान उनीहरूले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । स्रोतका अनुसार उनीहरूकाे टाेली अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जाने तयारीमा छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आजै बालुवाटारमा भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij