Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एसईई नतिजा साउन पहिलो साता

एसईई नतिजा साउन पहिलो साता

  • 1.2K
    SHARES
  • एसईई नतिजा साउन पहिलो साता

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो साता आउने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड माध्यामिक शिक्षा परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन पहिलो साता मात्र नतिजा प्रकाशन हुने जनाएका हुन् ।

    यसअघि बार्डले असारअन्तिम साता नतिजा प्रकाशन गर्ने जनाएपनि उत्तरपुस्तिका केन्द्रमा ल्याउन ढिलाई भएका कारण नतिजा प्रकाशनमा ढिलाई भएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।

    उनका अनुसार बार्डले अहिले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । उनले भने, ‘हामी नतिजा प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन पहिलो साता नजिता प्रकाशन गछौँ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij