Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी

तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी

  • 661
    SHARES
  • तापक्रम बढेपछि सांघाइमा रेड अलर्ट जारी

    एजेन्सी, सांघाई । चीनको सांघाइमा अत्याधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।

    समाचार एजेन्सी सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्याधिक उच्च तापक्रम देखिएको छ । आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो । 

    सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५   तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij