Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

पत्रकारलाई सूचना विभागको पास अनिवार्य

  • 956
    SHARES
  • पत्रकारलाई सूचना विभागको पास अनिवार्य

    काठमाडौं । पत्रकारलाई समाचार संकलनमा निस्कन सूचना तथा प्रशारण विभागले जारी गरेको पास अनिवार्य हुने भएको छ ।

    शुक्रबार बसेको कोभिड संकट व्यस्थापन केन्द्र (सीसीएमसी) को बैठकले उपत्यकाका तीन जिल्लाका पत्रकारहरुलाई सुचना संकलनका लागि आवत–जावत गर्न विभागको पास अनिवार्य गर्ने निर्णय गरेको हो ।  संक्रमणको दर उच्च देखिएकाले सक्रिय पत्रकारलाई मात्र आवत-जावत गर्न दिनका लागि सीसीएमसीले विभागको पास अनिवार्य गर्ने निण्र्नय गरेको र जिल्ला प्रशासन कार्यालयहरुले मातहत सुरक्षा संयन्त्रलाई यस्तै निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    ‘कोरोना भाइरसको संक्रमण तीव्र भएकाले धेरै भिड हुने देखिएपछि सुचना विभागले जारी गरेको पास बोकेका पत्रकारलाई मात्र आवत–जावत गर्न दिइने छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वेबटिभी खबरसँग भने, ‘हामीलाई गृह मन्त्रालयबाट निर्देशन आएको हुनाले मातहतका सुरक्षा संयन्त्रलाई यस्तो निर्देशन दिएका छौं ।’ हाल सूचना विभाग आंशिक रुपमा बन्द रहेको हुँदा सञ्चारगृहमा कार्यरत पत्रकारले विभागबाट पास बनाउन असहज भएको छ ।

    सीसीएमसीकै बैठकले अत्यावश्यकबाहेकका कार्यालयमा एक चौथाइमात्र कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेकाले हाल विभागले साविकमा जस्तो पूर्ण रुपमा सेवा दिन सकेको छैन । ‘विभागबाट पत्रकारले नयाँ पास चाँडै कसरी बनाउन सक्नुहुनेछ भन्ने विषयमा हामी बैठक बसेर निर्णय गर्नेछौं । तर अहिलेलाई विभागको पास नबोक्नु भएका पत्रकारलाई आवत-जावत गर्न दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij