Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

फलफूल तथा तरकारीको मूल्य

फलफूल तथा तरकारीको मूल्य

  • 519
    SHARES
  • फलफूल तथा तरकारीको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

    समितिका अनुसार आज हरियो अंगुरको मूल्य प्रतिकेजी २९० रूपैयाँ, अदुवा ६५ रूपैयाँ, अनार ३७५ रूपैयाँ, दसहरी र मालदह आँप १४० रूपैयाँ, आभोकाडो ५२५ रूपैयाँ, रातो आलु ५४ रूपैयाँ, भारतीय रातो आलु ३७ रूपैयाँ, मुडेको आलु ४१ रूपैयाँ, सेतो आलु ४१ रूपैयाँ, इमली १५० रूपैयाँ, स्थानीय काउली ५० रूपैयाँ, लोकल काक्रो ५० रूपैयाँ, हाइब्रीड ५५ रूपैयाँ, कागीत १४५ रूपैयाँ र किवि ५२५ रूपैयाँ रहेको छ ।

    अकबरे हरियो खुर्सानी १३५ रूपैयाँ, लोकल गाजर १०५ रूपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रूपैयाँ, सानो टनेल गोलभेडा ६१ रूपैयाँ ५० पैसा, राजमा घिउ सिमी १३५ रूपैयाँ, घिरौला ४५ रूपैयाँ, चिचिण्डो १७ रूपैयाँ ५० पैसा, चुकुन्दर ८५ रूपैयाँ, कन्य च्याउ २२५ रूपैयाँ, डल्ले च्याउ ३०० रूपैयाँ, हरियो तरबुजा ४५ रूपैयाँ, तामा १३५ रूपैयाँ, तितो करेला ४५ रूपैयाँ, तोरीको साग प्रतिकेजी ५५ रूपैयाँ, न्यूरो प्रतिकेजी ५५ रूपैयाँ, परवर ३५ रूपैयाँ रहेको छ ।

    त्यस्तै, पालुँगो साग प्रतिकेजी ९५ रूपैयाँ, पिंडालू ७५ रूपैयाँ, तने बोडी ३५ रूपैयाँ, ब्रोकाउली १३५ रूपैयाँ, भिण्डी प्रतिकेजी ३५ रूपैयाँ, भुई कटहर प्रतिगोटा १९० रूपैयाँ, भेडे खुर्सानी १२५ रूपैयाँ, मकै बोडी ७५ रूपैयाँ, रातो बन्दा १३५ रूपैयाँ, रायोको साग ८५ रूपैयाँ, सुकेको चाइनिज लसुन १५० रूपैयाँ, लौका ४५ रूपैयाँ, सेलरी २७५ रूपैयाँ, स्कूस ४५ रूपैयाँ, फूजी स्याउ २७५ रूपैयाँ र डल्ले हरियो फर्सी ३० रूपैयाँ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij