Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पानीको बहाव बढ्दा १६० घर उच्च जोखिममा

पानीको बहाव बढ्दा १६० घर उच्च जोखिममा

  • 477
    SHARES
  • पानीको बहाव बढ्दा १६० घर उच्च जोखिममा

    झापा । सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ ।

    कमल गाउँपालिका-५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै कमल-६ को खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएको बाँधमा पनि कटान सुरु भएको छ ।

    सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ ।

    यता रतुवा खोलाले गौरादह-५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह-६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् ।

    गौरादह-६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् । वर्षाका कारण शिवसताक्षी नपा-४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल-बनियानी खोलाको पानी पसेको छ ।

    खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij