Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

विनियोजन विधेयक पारित

विनियोजन विधेयक पारित

  • 387
    SHARES
  • विनियोजन विधेयक पारित

    फाइल तस्बिर

    काठमाडौं । संसदले विनियोजन विधेयक २०७९ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो ।

    यसअघि केही सांसदले प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।

    अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ लाई बैठकबाट बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।

    सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए ।  गत १७ जेठदेखि निरन्तर मन्त्रालयगत एजेण्डामाथि छलफल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij